Skip This
नेपाल संवत् ११४५ को अवसरमा कावासोतीमा र्‍याली तथा शुभकामना आदानप्रदान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल संवत् ११४५ को अवसरमा कावासोतीमा र्‍याली तथा शुभकामना आदानप्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइयो। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए।

नेवाः समुदायले नवलपुरको कावासोतीमा पनि र्‍याली तथा शुभकामना आदानप्रदान गरेर नेपाल संवत् ११४५ मनाएको छ। नेवाः देय् दबु नवलपुरको आयोजनामा आज कावासोतीमा र्‍यालीका साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।

शुभकामना कार्यक्रममा बोल्दै संविधानसभा सदस्य जीवन श्रेष्ठले नेपाल संवत् नेवारको मात्र नभएर नेपालको आफ्नै मौलिक संवत् भएको बताए। उनले नेपाल संवतका प्रवर्तक शंखधर साख्वा जस्तै बन्न नसके पनि उनको पथ पछ्याएर हिँड्न सक्ने हुनुपर्नेमा जाेड दिए।

कार्यक्रममा नेवाः देय् दबुका गण्डकी प्रदेश सचिव अर्जुन श्रेष्ठ, कोषाध्यक्ष भुवराज श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, नेवाः देय दबु नवलपुरका वरिष्ठ उपाध्यक्ष मित्रलाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो। 

कार्यक्रममा सिका नेवा गुठीको धिमेबाजा प्रस्तुत गरिएको थियो। त्यसैगरी, कार्यक्रममा नेवाः समुदायको सुगन र समे बजी वितरण गरिएको थियो। 

त्यसैगरी, कावासोती २ भाट्टोला खेल मैदानमा भएको कार्यक्रम पछि कावासोती कोइलापानी, बिपीचोक, थकाली चोक, पुरानो कावासोती, डन्डा, त्रिभुवनटार, गोछडा शेरगन्ज हुँदै पुन कार्यक्रमस्थलसम्म मोटरसाइकल र्‍याली गरिएको थियो।