१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४२:oo

कर्तव्य ज्यान मुद्यामा फरार प्रतिवादीलाई ३५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। सल्यानको दार्मा गाउँपालिका- ५ (साबिक ढाकाडाम गाविस- ५) का ७० वर्षीय गणेशबहादुर चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

 जिल्ला अदालत सल्यानले ०४६ पुस २३ गते फैसला भई  हालसम्म फरार रहेका चन्दलाई घरबाटै  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। फरार अभियुक्त घरमा आएको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा सोमबार बिहान घरबाट पक्राउ गरिएको उनको भनाइ छ। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको खत्रीले बताए। 

यस्तै, ठगी मुद्दामा फरार अर्का एक अभियुक्तसमेत पक्राउ परेका छन्। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका- ९ का २८ वर्षीय गणेश बुढाथोकीलाई घरबाट पक्राउ गरिएको सूचना अधिकारी खत्रीले बताए। सल्यान जिल्ला अदालतले बुढाथोकीलाई ०८० असार २८ गते ठगी मुद्दामा फैसला सुनाएको थियो।