१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २८ सोमबार
  • Friday, 08 November, 2024
२o८१ असोज २८ सोमबार ११:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय वनरक्षकले गोली चलाउँदा खेतमा काम गरिरहेका बलाराम घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २८ सोमबार ११:४o:oo

बर्दियामा भारतीय वनरक्षकले गोली चलाउँदा एक नेपाली घाइते भएका छन्। बर्दियाको नेपाल–भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका गुलरिया नगरपालिका– ८ नारायण टोलका ४५ वर्षीय बलाराम लोध घाइते भएका छन्। भारतीय सीमानजिकको आफ्नो खेतमा काम गरिरहेको समयमा वनरक्षकले सीमापारिबाट गोली चलाएका हुन्। 

गएराति करिब सात बजेको समयमा लोधलाई गोली लागेको उनका भाइ बाँकेलाल लोधले बताए। उनले भने, ‘हाम्रो खेत ६२ नम्बर पिलरनिर रहेको छ, खेतमा जंगली जनावर आएर धानबाली खाइदिने भएकोले दाइ खेतमा जानुभएको थियो। सोही समयमा  भारतीय वरक्षकले गोली हानेका हुन् ।’

घाइते लोधलाई गोली लागेपछि तत्काल बर्दिया अस्पताल ल्याइएको थियो । बर्दिया अस्पतालका अनुसार लोधको एक्सरे गर्दा करिब १५ वटा गोलीको छर्रा भएको पत्ता लागेको छ। उनलाई थप उपचारका लागि नेपालन्ज मेडिकल कलेज लगिएको छ । घटनामा अरू थप तीनजना घाइते भएको अपुष्ट खबर आएको छ।

लोधसँगै खेतमा गएका थप तीनजनालाई गोली लागी सामान्य घाइते भएको खबर आएको गुलरिया नगरपालिका– ८ का वडाध्यक्ष धर्मेन्द्र बानियाँले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटनाबारे थप सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले  बताए । 

यसअघि पनि केही वर्षअगाडि आशापुरकै एकजनालाई भारतीय वनरक्षकले गोली हानी पक्राउ गरी बेपत्ता पारेका थिए । उनको अवस्थाबारे हालसम्म पत्ता लाग्न सकेको छैन ।