मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
रासस झापा
Invalid date format २o:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झापा दुर्घटनामा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
Invalid date format २o:३९:oo

झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। कमल गाउँपालिकामा दुईजना तथा मेचीनगर नगरपालिकामा एकजनाको मृत्यु भएको हो। 

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले सोही स्थानमा विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। उक्त दुर्घटनामा मोटरसाइकलचालक मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन्। घाइतेको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

यस्तै, कमल–४, अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। सो दुर्घटनामा शिवसताक्षी–८ का वर्ष ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही स्थानका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।