मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

खलंगामा १६ करोड रुपैयाँभन्दा बढीको भेडाखसीको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

जुम्लाको सदरमुकाम खलंगा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँबराबरको भेडाखसी बिक्री-वितरण भएका छन्। चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख वीरबहादुर रावलका अनुसार स्थानीय तथा बाहिर जिल्लाबाट ल्याइएका गरेर सात हजार नौ सय २८ भेडा बिक्री भएका हुन्। जसबाट १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो।

१५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगाभैँसी खरिद बिक्री भए। ४८७ खसी, तीनवटा राँगो र ८२ वटा भैँसीको किनबेच भएको शाखा प्रमुख रावलको भनाइ छ। स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम मूल्य १० हजार भएकोमा औसत मूल्य १९ हजार तोकिएको थियो। ढोरले भेडाको अधिकतम मूल्य ३७ हजार र न्यूनतम मूल्य २० हजार रहेकोमा औसत मूल्य २८ हजार ५०० तोकेको थियो। जुम्ली खसीको अधितम मूल्य २४ हजार र न्यूनतम मूल्य ८ हजार थियो। औसतमा १६ हजारमा बिक्री भएको थियो। अधिकतम मूल्य ५० हजार र न्यूनतम मूल्य २६ हजारमा किनबेच भइरहेकाे राँगाभैँसीको औसत मूल्य ३८ हजार थियो।

२०६८ सालदेखि तिब्बती भेडाच्यांग्रा ल्याउन छोडेपछि जुम्ली खसीबोकाले हरेक वर्षको दसैँ धानेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जुम्लामा ८८ हजार भेडा छन्। जिल्लाको हरेक पालिका केन्द्रमा रहेका बजारहरूमा किनबेच भइरहेको छ।

संघीयतापछि स्थानीय तहको मुकाममा पनि भेडाखसीको कारोबार हुने गरेको छ। कनकसुन्दरी गाउँपालिकाको गोठीज्युला, सिंजा गाउँपालिकाको नराकोट, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायतका साना बजारमा समेत भेडाखसीको कारोबार हुने गरेको छ।