१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई, नेपाल पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:२९:oo

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा आज सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो।

खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को सानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम  सेटमा नेपाल २५–२० ले पराजित बन्यो। 

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउँदै फाइनलमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो। त्यसैगरी, नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए। प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो।