१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवरुद्ध सिद्धिचरण राजमार्ग सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५२:oo

सुक्खा पहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडक सञ्चालन भएको छ। शुक्रबार बिहानदेखि कटारी नगरपालिका–१४ स्थित भदौरेमा पहिरोले अवरुद्ध सडक आजदेखि सञ्चालन  भएको हो।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले सडक सञ्चालन भएको जानकारी दिए। ‘हिजो साँझसम्मको अथक प्रयासपछि सडक खुलेको छ,’ उनले भने, ‘ओखलढुंगाको हर्कपुरस्थित सडक कार्यालयसँग समन्वय गरी ठुलो लोडर मगाएर सडक सञ्चालन  गरिएको हो।’

पहिरो जति पन्छाए पनि माथिबाट झर्ने क्रम जारी हुँदा सडक सञ्चालन गर्न समय लागेको हो। ‘आज बिहानसम्म पनि माथिबाट पहिरो झर्ने क्रम जारी थियो, तर निरन्तरको प्रयासले अहिले सडक सञ्चालन भइसकेको छ,’ उपरीक्षक बजगाईंले भने। 

याे सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरहरूबाट पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु जाने यात्रु र पहाडी जिल्लाबाट तराई क्षेत्र आउने यात्रुलाई समस्या भएको थियो। आज सडक सञ्चालन भएपछि सवारीसाधन आउजाउ गर्न थालेको कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले बताए।

सडक सञ्चालन गर्न मिर्चैया–कटारी–घुर्मी सडक कार्यालय कटारी तथा प्रहरीलगायतले शुक्रबार रातिसम्म काम गरेका थिए। दसैँका वेला यात्रुहरू रोकिएपछि दिनरात खटेर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ।