१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेका श्रीमान् पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२४:oo

उदयपुरमा श्रीमतीको टाउको काटी बोकी हिँड्ने श्रीमान् पक्राउ परेका छन्। मंगलबार बेलुका उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेकी २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान् ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। 

उदयपुर ताप्ली गाउँपालिका– ४ थानागाउँ घर भई हाल  त्रियुगा नगरपालिका– ६ जलजलेस्थित शमशेर तामाङको घरमा कोठा भाडामा लिई बस्दै आएका जंगबहादुर चिया पसल गर्दै आएका थिए।

सामान्य घरायसी  विवादको कारण आफ्नै श्रीमतीकाे धारिलो हतियार खुकुरीले घाँटी काटी टाउको हातमा बोकी बाटोमा हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।