१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यकक्षमै सेवाग्राहीसँग घुस लिए मालपोतका हाकिमले [भिडियाेसहित]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१८:oo

मालपोत कार्यालय बैतडीका प्रमुख अशोक सार्कीले सेवाग्राहीसँग कार्यकक्षमै घुस लिएका छन्। आफ्नो काम समयमै नगरेपछि हैरान भएका पाटन नगरपालिका–८ का धनसिंह विष्ट र नरबहादुर विष्ट दाजुभाइले मालपोत प्रमुख सार्कीलाई १० हजार घुस दिएका हुन्। बुधबार दिउँसो ४ः४७ मा एक हजारका पाँचवटा नोट र पाँच-पाँच सयका १० वटा नोट गरी १० हजार रकम बुझ्दै सार्कीले दराजभित्र लुकाएका थिए।

लगत्तै, ४ः५३ मा सञ्चारकर्मी मालपोत कार्यालय पुगे। घुस लिएको केही मिनेटमै कार्यकक्षमा पत्रकार आएपछि आत्तिएका सार्कीले दराजमा राखेको रकम देखाए। ०६४६१४, २१६२५२, ११३८०६, ६६८५१६, ३८१०७० नम्बरका एक हजारको पाँचवटा नोट र ८४६१३७, ६६११३५, ६८४०८५, ४६८०७० लगायत नम्बरका पाँच सयका १० वटा नोट सार्कीका दराजमा थिए। उक्त नम्बरका नोट सेवाग्राही नरबहादुर विष्टले दिउँसो २ः५७ मा पाटनबाट सदरमुकाम बैतडी आउँदै गर्दा सञ्चारकर्मीलाई देखाएका थिए।

मालपोत प्रमुख सार्कीले भने सेवाग्राहीले आफूखुसी बैठक भत्ता भनेर दिएको रकम लिएको भन्दै छोटो जवाफ सञ्चारकर्मीलाई फर्काए। उनले उक्त रकम फिर्ता गर्न खोजे पनि सेवाग्राही विष्टले भने नलिईकन फर्केका थिए। ‘कि त पूरै रकम फिर्ता गर्नुस् नत्र आधा रकम लिन्नँ’ भनेर विष्टले उक्त रकम लिन अस्वीकार गरेका हुन्। उनले घुस लिने मालपोत प्रमुखमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

कार्यालय प्रमुख सार्कीले बुधबारसमेत गरी चौथोपटक घुस लिएको उनको आरोप छ। यसअघि पाटन नगरपालिका–९ को खोड्पे बजारमा समेत रु. २० हजार लिएकाे विष्ट बताउँछन्। बजार छेउमा विष्टले गत भदौ १७ गते उक्त रकम लिँदाको भिडियोसमेत विष्टले रेकर्ड गरेका थिए। खोड्पे बजारमा रकम लिइसकेपछि सार्की ‘धेरै रकम लाग्दैन, मालपोत बुझाउनू। म तपाईंलाई बोलाउँछु’ भन्दै बिदा भएका थिए।

मालपोत कार्यालय बैतडीका प्रमुखले चारपटकमा ५१ हजार घुस लिएको र ३६ हजार रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको दाबी विष्टले गरेका छन्। सुरुमा फाइल दर्ता गर्दा सूचना जारी गर्ने भन्दै रु. पाँच हजार, त्यसपछि ६ हजार २००, तेस्रो चोटी जग्गा सर्जिमिनका लागि फिल्ड भत्ता भन्दै रु. २० हजार र अन्तिममा पुर्जामा हस्ताक्षर गरेबापत १० हजार रकम लिएको उनको दाबी छ।

यसअघि भोगचलन गरिरहेका, तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि दुई वर्षको समयावधि राखेर सरकारले गत वर्ष माघमा निर्णय गरेका थियो। सोही मौकामा बैतडी पाटन–८ का विष्टले पनि लालपुर्जा प्राप्तिका लागि डेढ महिनादेखि संघर्षरत थिए।

छुटपुर्जा लिन हैरानी खेप्दै आएका विष्टले घुस नदिई काम नहुने देखेपछि उक्त रकम दिनुपरेको बताएका छन्। चारपटक घुस दिएर विष्टले बल्ल आमा परू विष्टको नाममा १४ रोपनी ६ आना जग्गाको पुर्जा प्राप्त गरेका छन्। लामो समयदेखि मालपोत कार्यालयमा रकम नलिई कर्मचारीहरूले काम नगरिदिने गरेको आरोप लाग्दै आएको थियो।