१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
पैदल यात्रु र मोटरसाइकल वारपार गराउन हेवाखोलामा फड्के बनाइँदै
Invalid date format १७:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मेची राजमार्ग सञ्चालनमा आउन अझै केही दिन लाग्ने

तमोर कारिडोरमा अस्थायी डाइभर्सन बनाउने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा पर्ने हेवाखोलामाथीको पुल बाढीले बगाएको तथा ठाउँठाउँमा पहिरोले सडक भत्काएपछि यति वेला मेची राजमार्गमा यातायात अवरुद्ध छ। असोज १२ गते पुल बगाउनुका साथै विभिन्न क्षेत्रमा पहिरोले सडक नै धेरै बगाएको छ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रको भ्रमणमा हिँडेका विदेशी पर्यटक, पाथीभरा दर्शनका लागि निस्किएका तीर्थयात्रीदेखि दसैँको वेला घर फर्कने र अन्य कामले हिँडेका यात्रीहरू गन्तव्यमा पुग्न सास्ती भएको छ। गाडीबाटै गन्तव्यमा पुग्ने लक्ष्य राखेका यात्रुहरूले ठाउँ–ठाउँमा हिँड्नुपर्ने तथा सवारीसाधन पनि फेरिरहनुपर्ने अवस्था छ।

ताप्लेजुङ आइपुग्ने दुई मार्ग छन्। एउटा मेची राजमार्ग र अर्को तमोर कारिडोर। तमोर करिडोरमा पर्ने धनकुटा र पाँचथरको सिमानामा रहेको नावाखोलामा बाढीको बहाव अहिलेसम्म घटेको छैन। तमोर कोरिडोर चतारा–मूलघाट–सुभाङखोला सडक योजना कार्यालयले नावाखोलामा पानीको बहाव घटे तत्कालै अस्थायी डाइभर्सन बनाएर पाँचथरको गणेशचोकसम्म यातायात सुरु गर्ने तयारी गरेको जनाएको छ।

सडक योजना कार्यालयले नावाखोलामा अस्थायी डाइभर्सनका लागि ह्युमपाइप आइसकेको र खोलामा पानीको बहाव घट्नासाथ डाइभर्सन बनाउने काम हुने जनाएको छ। तमोर करिडोरमा मुख्य समस्या भनेकै नावाखोला रहेको र तमोर करिडोरमार्फत गणेशचोकसम्म ठुला सवारीसमेत चल्ने गरी योजना अघि बढाएको आयोजनाले बताएको छ।

मेची राजमार्गको रमिते भन्ने स्थानमा खसेको पहिरो पन्छाएर बुधबार अपराह्नदेखि एकतर्फी यातायात सुरु गरिएको भए पनि बिहीबार बिहान पुनः सोही ठाउँमा पहिरो खसेपछि यातायात बन्द भएको छ। पहिरो खसेपछि मेची राजमार्ग हुँदै झापाको बिर्तामोडबाट पाँचथरको फिदिम हुँदै ताप्लेजुङ पुग्ने साना-ठुला सवारीसाधनको आउजाउ रोकिएको छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले रमितेमा पुनः ठुलो मात्रामा पहिरो खसेको र अझै सवारीसाधन सञ्चालन हुन केही दिन लाग्ने बताए। अब मेची राजमार्गभन्दा छिटो तमोर करिडोर सञ्चालनमा आउने उनको भनाइ छ। हेवाखोलामा फड्के लगाएर मानिस र मोटरसाइकल वारपार गराउने योजना अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। अहिले त्यहाँ पाँचथरस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा बाँसको फड्के लगाउने कार्य भइरहेको छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार दोस्रो विकल्प हेवाखोलामा अस्थायी डाइभर्सन निर्माण हो। पानीको सतह घटेपछि तत्काल डाइभर्सन बनाएर यातायात सञ्चालन गरिने उनले बताए।