१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १६ बुधबार
  • Friday, 04 July, 2025
२o८१ असोज १६ बुधबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १६ बुधबार १७:११:oo

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ४ को विनयी खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको ज्यान गएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज दिउँसो विनयी खोलामा पौडी खेल्न गएका बौदीकाली गाउँपालिका– ४ रिठ्ठेनिवासी २६ वर्षीय ज्ञानबहादुर सोमैको पौडी खेल्ने क्रममा ज्यान गएको हो। 

तीनजना साथीसँगै पौडी खेल्न गएका ज्ञानबहादुर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि उनीसँगै गएका साथीहरूले खबर गरेका थिए। 

मध्याह्न १२ बजे बेपत्ता भएका उनी दिउँसो साढे १ बजेतिर पानीमाथि तैरिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।