मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १४:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा जनमत पार्टीका दर्जन नेता-कार्यकर्ताले पार्टी परित्याग गरे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४७:oo

महोत्तरीमा जनमत पार्टीका दर्जनौँ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेमा  कार्यकारिणी समिति सदस्य सञ्जय स्वराजी, केन्द्रीय सदस्यहरू इन्द्रप्रसाद सिंह, कोमल यादव, दीपेन्द्र मधेशी र मसुधन महतो तथा जिल्लास्तरीय नेताहरू सन्ताेष यादव, सिंहेश्वर मण्डल, रामजीवन साह, रामआधार भण्डारी, रोशन मधेशी, नरेन्द्र यादव, प्रेमनाथ महतो, रामपदार्थ महतो, हिरेन्द्र साह, वासुदेव यादव, जयचन्द्र ठाकुर, राजीव यादव, शिवशरण यादव, फुलो मण्डल र नितु साहलगायतले पार्टी परित्याग गरेका हुन् । 

केही दिनअघि जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पार्टीको एक कार्यक्रममा पार्टी अध्यक्ष डा. सिके राउतले नेता तथा कार्यकर्तामाथि अपशब्द प्रयोग गर्दै पार्टी कब्जा गर्न खोजेको भन्दै अपमानजनक शब्द प्रयोग गरेको आरोप लगाएका छन् । अध्यक्षले स्पष्टीकरणसमेत माग गरेपछि पार्टीमा रहनुको औचित्य नभएको भन्दै आफूहरूले राजीनामा दिएको नेताहरूले बताएका छन् ।