१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १३:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अलजजिराको कार्यालयमा इजरायली सेनाको छापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२१:oo

इजरायली सेनाले वेष्ट ब्यांकको रामल्लास्थित अलजजिराको कार्यालयमा छापा हानी प्रकाशन तथा प्रसारण बन्द गर्न आदेश दिएको छ।

मास्क लगाएका हतियारधारी इजरायली सेना बलपूर्वक कार्यालयमा छिरी ४५ दिन सञ्चालन बन्द गर्न लिखित निर्देशन दिएको अलजजिरा नेटवर्कको वेष्ट ब्यांक ब्युरो प्रमुख वालिद अल–ओमारीले बताए।

इजरायली सेनाले अलजजिरालाई ‘आतंकवादलाई बढावा र सहयोग गरेको’ आरोप लगाएको अल–ओमारीले जानकारी दिए।

अलजजिराकी जिवारा बुदेरीका अनुसार इजरायली सेनाले अलजजिरा ब्युरो र अल–मनारा स्क्वायरमा अश्रुग्यास प्रहार गरेका थिए। उनीहरूले क्यामेरा जफत गरेको जानकारी दिँदै बुदेरीले कार्यालयमा स्टोर गरिएको अभिलेख मेटाउन सक्ने चिन्ता व्यक्त गरेकी छिन्।