१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस न्युयोर्क
Invalid date format o९:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली न्युयोर्कमा

Read Time : < 1 मिनेट
रासस, न्युयोर्क
नयाँ पत्रिका
Invalid date format o९:२३:oo

 संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन्। 

 प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यबाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरूले स्वागत गरेका थिए। 

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ। महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मान मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ।

प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली संघसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन्। यसैगरी, महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन्। 

प्रधानमन्त्री ओलीले सम्मलेनमा अति कमविकसित देशहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन्। यसैगरी, उनले कोलम्बिया विश्वविद्यालय र हावर्ड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्यमा संक्रमणकालीन न्यायबाट जलवायुको न्यायका विषयमा सम्बोधन गर्ने  कार्यक्रम छ।