१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजातन्त्रका लागि लड्यौँ, त्यसकै खिलाफमा संविधान संशोधन हुँदैन : सभापति देउवा

‘प्रदेश संरचना खारेज हुँदैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना खारेज नहुने स्पष्ट पारेका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रदेश संरचनालाई हटाउने नभई थप उत्तरदायी बनाउन ध्यान दिनुपर्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘प्रदेश संरचना बनिसकेको छ। प्रदेश संरचना हट्ने कुरा छैन, यसलाई हटाउन सक्ने स्थिति पनि छैन। प्रदेश संरचनालाई कसरी अझ उत्तरदायी बनाउने, कसरी यसलाई अझ बढी एकाउन्टेबल बनाउने भन्ने सम्बन्धमा सुधार गर्न सकिने कुराहरू हुन सक्छ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र आफू प्रजातन्त्रका लागि लडेको भन्दै देउवाले संविधान संशोधन प्रजातन्त्रको खिलाफमा नगर्ने बताए। ‘ओलीजी प्रधानमन्त्री हुँदा उहाँले संविधानमा संशोधन गर्न सकिने कुरा भन्नुभएको छ। त्यो प्रजातन्त्रको खिलाफमा होइन, प्रजातन्त्रलाई अझ मजबुत बनाउने किसिमको संविधानमा सुधार हुने गरी संशोधन हुन सक्छ, उनले भने, ‘हामी सबै प्रजातन्त्रका लागि लडेको पार्टी हो। व्यक्तिगत रूपमा भन्ने हो भने पनि मैले उहाँलाई पहिलोपटक जेलमा भेटेको हो। त्यसैले हामी प्रजातन्त्रका लागि पहिलेदेखि लडेर आएको, विद्यार्थी कालदेखि नै जेलनेल भोगेको पार्टीहरूबाट प्रजातन्त्रको खिलाफ कुनै पनि काम हुन सक्दैन।’