१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format २o:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिगः न्यू डाँफे र कम्बाइन समूहको शीर्ष स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५८:oo

साबिक विजेता न्यू डाँफे क्लबले जारी जिल्ला लिग फुटबल प्रतियोगितामा समूह ‘ख’ को शीर्ष स्थानलाई यथावत् राखेको छ। सोमबार दोस्रो स्थानको गोर्खा ब्वाइज क्लबसँग एक-एक गोलको बराबरी खेल्दै न्यू डाँफेले शीर्ष स्थानलाई कायम राखेको हो। 

बराबरीसँगै डाँफेको १४ अंक भएको छ भने दोस्रो स्थानमा रहेको गोर्खा ब्वाइजको १३ अंक भएको छ। खेलमा गोर्खाले सुरुवाती अग्रता लिएको भए पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो। गोर्खाका मनोज घलानले ३५औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, खेलको ६८औँ मिनेटमा डाँफेका सुशान्त तामाङले बराबरी गोल फर्काएपछि गोर्खा अंक बाँड्न बाध्य भयो।

यस्तै, आइतबार नै भएको अर्को खेलमा एफसी मल्टिभिजनलाई २–० गोल अन्तरले हराउँदै न्यू कम्बाइन क्लबले समूह ‘ग’ को शीर्षमा स्थान बनाएको छ। जितसँगै कम्बाइनको १३ अंक भएको छ भने मल्टिभिजन १२ अंकसहित दोस्रो स्थानमा रहेको छ। कम्बाइनका लागि सोनाम लामा र सुरज थिङले समान एक-एक गोल गरे। 

यता, लिग अन्तर्गत सिमलटार खेलमैदानमा भएको खेलमा हटिया स्पोर्टस् एकेडेमीले सानोपोखरा युवा क्लबलाई १–० ले हराएको छ। हटियाका लागि साजन मुक्तानले गरेको गोल निर्णायक बन्यो। यसैगरी, सिमलटारमै भएको अर्को खेलमा पदमपोखरी युथ क्लबले हेटौँडाको ७ नम्बर फुटबल टिमलाई २–० ले हराएको छ। पदमपोखरीको जितका लागि सुमन थिङ र विवश थिङले समान एक-एक गोल गरे।

२८ वटा क्लबको सहभागिता रहेको जिल्ला लिगको विजेताले एक लाखसँगै प्रदेश लिगमा सहभागिता जनाउन पाउनेछ भने उपविजेता बन्ने टिमले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।