१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format १o:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालन

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१७:oo

वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ। शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा. केडी जोशी जलन उपचार केन्द्रको उद्घाटन गरे ।

जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसियू बेड र १० वटा वार्ड बेड छन्। सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष ०८०/८१ मा बजेट विनियोजन गरेको थियो। दुई करोड ८० लाख हाराहारीमा जलन उपचार केन्द्रको निर्माण गरिएको अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले बताए।

५ फागुन ०७९ मा वीरको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेलगत्तै डा. सन्तोष पौडेलले आइसियूसहितको जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गरेका थिए। प्राथमिकतामा राखेर जलन उपचार केन्द्र निर्माण गरेको र यसबाट जलनका बिरामी लाभान्वित हुने कार्यकारी निर्देशक डा. पौडेलले बताए। 

हाल नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिन्छ । अब वीरमा पनि जलनका गम्भीर किसिमका बिरामीको उपचार हुनेछ। उद्घाटनपछि बिरामीको उपचारका लागि २४सै घन्टा जलन उपचार केन्द्र खुला भएको छ। 

यस्तै, अस्पतालले शुक्रबारदेखि नै वीर अस्पताल फार्मेसीअन्तर्गत औषधि सूचना केन्द्र पनि सञ्चालनमा ल्याएको छ । यो केन्द्रले बिरामीलाई औषधिसम्बन्धी जानकारी दिनेछ। उद्घाटनपछि मन्त्री पौडेलले अस्पताल निरीक्षण पनि गरे।