१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवा घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४४:oo

बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवा घाइते भएका छन्। मास खान आएको बाँदर धपाउन खेतमा जाने क्रममा  चिप्लिएर लड्दा भरतपुर– २९ का २३ वर्षीय पासाङ भुजेल आफैँले बोकेको बन्दुक पड्किएर घाइते भएका हुन् । उनको शरीरमा छर्रा लागेको छ ।

भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उनको उपचार भइरहेको छ। बुधबार साँझ भएको उक्त घटनाको अनुसन्धानमा जाने क्रममा बिहीबार भरतपुर– २९ बिनीडाँडामा भरुवा बन्दुक बोकेर हिँडिरहेका ४४ वर्षीय कुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही वडाको सिरुबारीस्थित झाडीमा थप एक थान भरुवा बन्दुक फेला परेको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।