१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा सरकारी जिप दुर्घटना हुँदा पाँचजना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२२:oo

पूर्वाधार विकास कार्यालय सल्यानको जिप दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्। बिहीबार साँझ श्रीनगरबाट खलंगा जाँदै गरेको क.प्र०२००२ झ ००३५ नम्बरको बोलेरो शारदा नगरपालिका– २ मैसेपानीमा दुर्घटना भएको हो। 

दुर्घटनामा परी बोलेरोचालक दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका– १ पाल्तडाकाका ३० वर्षीय भरतप्रसाद शर्मा, चालककी श्रीमती २२ वर्षीया कविता सिजापती, पोखरा महानगरपालिका– १७ का २७ वर्षीय सागर आचार्य, डोटी दिपायल सिलगढी नगरपालिका– १ का २२ वर्षीय मनमोहन सिंह खड्का र पर्सा वीरगन्ज महानगरपालिका– १३ की २१ वर्षीया पुनम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। घाइतेहरू सबैको अवस्था मध्यम रहेको उनको भनाइ छ। बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको छ । फिल्डबाट फर्कने क्रममा बोलेरो दुर्घटना भएको प्रहरीको भनाइ छ ।