१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format o९:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२१ महिनापछि बल्ल कोशी प्रदेश सभाका विषयगत समितिले सभापति पाए

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format o९:१५:oo

दोस्रो कार्यकालको २१ महिनापछि कोशी प्रदेश सभाको विषयगत समितिले बल्ल पूर्णता पाएका छन् ।सहभागी ठुला राजनीतिक दलहरूले सभापति चयनमा आन्तरिक सहमति जुटाएपछि कोशी प्रदेश सभाको सातवटा विषयगत समितिले २१ महिनापछि बल्ल पूर्णता पाएका हुन् । 

दलहरूको सहमतिपछि सुरु भएको निर्वाचन प्रक्रियाअनुसार कोशी प्रदेश सभाले २७ भदौमा सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार सातवटै विषयगत समितिका लागि सभापतिका उम्मेदवारहरू  निर्विरोध भएका छन् । उम्मेदवारी निर्विरोध  भइसकेकाले  आज शुक्रबार दिउँसो २ बजे सबै समितिका सभापतिहरूको शपथग्रहण  हुने  कोशी प्रदेश सभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले बताए । 

कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक ०७९ मा बसेको थियो । त्यसको १० महिनापछि २२ कात्तिक ०८० मा विषयगत समिति गठन भएको थियो । तर, राजनीतिक अस्थिरताले गर्दा समिति गठन भएको  ११ महिनासम्म सभापति चयन हुन पाएको थिएन । सभापति चयन नहुँदा मिनी संसद् भनिदै आएका विषयगत समितिहरू सक्रिय हुन पाएका थिएनन् ।

समितिमा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य सांसदहरूले गर्दै आएका थिए । कोशी प्रदेश सभाले बिहीबार प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार सत्ताधारी दल एमालेले तीन, कांग्रेसले तीन र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले एउटा समितिमा सभापति पाएका छन् । 

कोशी प्रदेश सभाको विषयगत समितिमध्ये एमालेबाट न्याय प्रशासन तथा विद्यायन समितिमा कमला दर्नाल, उद्योग पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा होमबहादुर थापा निर्विरोध भएका छन् । अर्को सत्ताधारी दल कांग्रेसबाट सामाजिक विकास समितिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौडेल र अर्थ समितिमा विनोद राई बान्तावा निर्विरोध भएका छन् । लेखा समितिमा चाहिँ मुख्य प्रतिपक्षी दल माओवादी केन्द्रका राजन किराँती निर्विरोध भएका छन् ।