मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घुस खाएर मुद्दा नचलाएको भन्दै नवलपुरमा सरकारी वकिलविरुद्ध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

नवलपुरको कावासोतीमा रहेको जिल्ला सरकारी वकिलको कार्यालयका सरकारी वकिलले घुस खाएर मुद्दा नचलाएको भन्दै प्रदर्शन भएको छ।

मिटरब्याजपीडित संघर्ष समिति र युवा दस्ता नवलपुरको टोलीले बिहीबार नवलपुर जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयअगाडि प्रदर्शन तथा नाराबाजी गरेका हुन्। सरकारी वकिल हरि घिमिरेले मिटरब्याजका आराेपी अमृत भुसालसँग २९ लाख रुपैयाँ घुस खाएर किर्ते जालसाजी मुद्दाको फाइल अगाडि नबढाएको आरोप लागेको छ।

किर्ते, जालसाजी मुद्दाका आरोपित कावासोती निवासी भुसालले नवलपुरमा २७ जनालाई मिटरब्याजमा पैसा लिएर किर्ते गरी जग्गा हडपेको, पीडितको नक्कली हस्ताक्षर गरी बैंकका कर्मचारीसँग मिलेर रकम झिकेकोजस्ता आरोपमा प्रहरीले २३ दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

तर, भुसालसँग आर्थिक लेनदेन गरेर सरकारी वकिल घिमिरेले पीडित रामप्रसाद महतोको मुद्दा नै ढिसमिस पारेको मिटरब्याजपीडितहरूको आरोप छ। अमृत भुसालको मुद्दामा सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता नै नगरेका कारण भुसाललाई २३ दिनको दिन छाड्नुपरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।

अनुसन्धानमा संलग्न एकजना उच्च सुरक्षा अधिकारीका अनुसार भुसाल कम्तीमा पुर्पक्षका लागि थुनामा जान सक्ने अवस्था थियो। तर, सरकारी वकिलले आर्थिक लेनदेनमा परेर मुद्दालाई कमजोर भनेर मुद्दा नै नलिएको बताए। भुसालले विगत १० वर्षदेखि मिटरब्याजमा पैसा लगाउने र १० लाख रकम दिएकोसँग एक करोडको सम्पत्ति हडप्ने गरेको पीडितहरूको आरोप छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले अमृत भुसाल तत्काललाई छाडिए पनि उनीविरुद्धको अनुसन्धान भने जारी रहेको बताए।