१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २६ बुधबार
  • Sunday, 13 October, 2024
२o८१ भदौ २६ बुधबार २१:५२:oo
Read Time : > 1 मिनेट
समाचार

सहकारीपीडितको गुनासो गम्भीर भएर सुन्न उपमेयर डंगोलको निर्देशन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २६ बुधबार २१:५२:oo

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सहकारीपीडितको गुनासो गम्भीर भएर सुन्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । बुधबार आयोजित आर्थिक वर्ष ०८०÷०८१ को वार्षिक समीक्षा कार्यक्रममा उपमेयर डंगोलले यस्तो निर्देशन दिएकी हुन् । 

‘महानगरपालिकाको क्षेत्राधिकारभित्र भएका र नभएका सबै अपेक्षासहित महानगरको ढोकामा आउन सक्नुहुन्छ । जो आए पनि उहाँहरूलाई बुझाउनुहोस्,’ सहकारीका गुनासो लिएर आउनेहरूको उदाहरण दिँदै उनले भनिन्, ‘माया मार्न सक्ने पैसा भएको भए दुःख देखाएर कोही पनि आउँदैन । उहाँहरूलाई गम्भीर भएर सुन्नुहोला ।’ उनले विभागीय प्रमुखलाई राजस्व संकलन, पुँजीगत खर्च बढाउने र बेरुजु घटाउने विषयमा पनि गम्भीर हुन आग्रह गरिन् । यी शीर्षकमा गत वर्षको प्रगति सन्तोषजनक रहेको तर सन्तुष्ट हुन सकिने अवस्था नरहेको उनले बताइन् । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले विनियोजित बजेटको ५१ प्रतिशत खर्च हुनु भनेको महानगरले लिएको बाटो सही दिशातिर जानु भएको बताए । ‘यस वर्ष विनियोजित २४ अर्बमध्ये १२ अर्बभन्दा बढी अर्थात् ५१.०१ प्रतिशत खर्च भएको छ । यो पछिल्लो पाँच वर्षमा भएको खर्च दरमध्ये सबैभन्दा उच्च हो । सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च भएको छ । खर्चको यो दरले महानगरपालिकाले लिएको बाटो सही गन्तव्यतिर छ भन्ने देखाएको छ,’ परियारले भने । महानगरपालिकाले आर्थिक वर्ष ०८०-८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो । यसका लागि सबैभन्दा धेरै आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट नौ प्रतिशत, समानीकरण अनुदानबाट तीन प्रतिशत र ससर्त अनुदानबाट ६ प्रतिशत व्यहोर्ने अनुमान गरिएको थियो ।

एक हजार ८५७ जनालाई महानगरको रोजगारी 
महानगरले गत आर्थिक वर्ष श्रम बैंकमा आबद्ध पाँच सय २८ जनालाई महानगरभित्रै र तीन सय २९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरेको छ । प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार यसबाहेक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप एक हजारजनालाई रोजगारी प्रदान गरिएको छ । गत आवमै ४५ वटा मूर्त सम्पदासम्बन्धी योजना सम्पन्न भएका छन् । सम्पदा संरक्षणका लागि दुई सय परम्परागत गुथि खललाई आर्थिक अनुदान सहयोग उपलब्ध गराएको थियो । वडा ५, ६, ७, १८ र २४ का स्थानहरूको मौलिक नामसम्बन्धी अध्ययन सम्पन्न भएको छ ।