मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ भदौ २६ बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २६ बुधबार २o:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुख रानाको पक्षमा उभियो एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २६ बुधबार २o:३१:oo

एकीकृत समाजवादीले उपसभामुख हटाउने खेलमा नलाग्न सत्तागठबन्धनलाई आग्रह गरेको छ। 

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको स्थायी कमिटी बैठकले तरल राजनीतिक अवस्थामा उपसभामुख इन्दिरा रानाविरुद्ध अविश्वास प्रस्ताव नल्याउन आग्रह गरेको हो। त्यस्तो प्रस्ताव अघि बढाए विपक्षमा उभिने निर्णय बैठकले गरेको छ। 

‘तरल राजनीतिक अवस्था छ। सत्तारूढ गठबन्धनले राजनीतिक विकृष्णा बढाउने काम गर्दै छ। यस्ता नचाहिने खेल तुरुन्त बन्द गरी जनतालाई सुशासनको अनुभूति गर्ने गरी अघि बढ्न हामीले आग्रह गरेका छौँ,’ उपमहासचिव एवं कार्यालय सचिव रामकुमार भट्टराईले भने, ‘यदि, प्रस्ताव आए हामी विपक्षमा उभिन्छौँ।’

यस्तै, बैठकले प्रदेश अधिवेशन मंसिरभित्र गरिसक्ने निर्णय पनि गरेको छ। नेताहरूको कार्यविभाजनका लागि सातसदस्यीय कार्यदल गठन गरेको भट्टराईले जानकारी दिए। 

‘कार्यविभाजन बाँकी छ। कार्यविभाजनको जिम्मा सातसदस्यीय कार्यदललाई दिइएको छ। अध्यक्ष, सम्मानित नेता, तीन वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष र महासचिव कार्यदलमा रहनुभएको छ,’ उनले भने।