मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १o:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री लेखक गृहनगर भ्रमणमा 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १o:११:oo

गृहमन्त्री रमेश लेखक गृहनगर भ्रमणमा निस्किएका छन्। गृहमन्त्रीमा नियुक्त भएको ५३ दिनमा पहिलोपटक गृहमन्त्री लेखक गृहनगर भ्रमणमा आउन लागेका हुन्। गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार मंगलबारदेखि बिहीबारसम्म मन्त्री लेखक (कैलाली, कञ्चनपुर)का विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।

गृहमन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टले कैलाली, कञ्चनपुर दुई जिल्लामा विभागीयदेखि जनता, नेता–कार्यकर्तासँग भेटघाट कार्यक्रम रहेको बताए। गृहमन्त्री लेखक धनगढी विमानस्थल हुँदै कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी हुँदै महेन्द्रनगर आउने कार्यक्रम रहेको छ। 

कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गृहमन्त्रीको स्वागत एवं गृहमन्त्रीसमक्ष स्थानीयले विभिन्न विकास निर्माणका एजेन्डा अघि सार्ने कार्यक्रम रहेको छ ।