१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तादी-घ्याङफेदी जलविद्युत् आयोजनाको पिपिए सम्पन्न, असोजदेखि निर्माण सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

एबिपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको तादी-घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको छ।

नेपाल विद्युत् प्राधिकरण र एबिपी इनर्जीका प्रतिनिधिबिच सोमबार पिपिएमा हस्ताक्षर भएको हो।

यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधिविज्ञ असगर अलीलगायत रहेको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए।

प्रस्तावित जलविद्युत् आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, तादीमा निर्माण हुनेछ। यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको बताइएको छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) २०८० वैशाखमा तयार भएको हो।

यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो। प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ। यो जलविद्युत् आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ। १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ। उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमि प्रसारणलाइन निर्माण गरेर समुन्द्राटार सबस्टेसनमा जोडिनेछ।

यो जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ। आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ। २०८४ वैशाख मसान्तमा व्यावसायिक उत्पादनको लक्ष्य छ।