१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारामा नेपाली नागरिकताको प्रमाणपत्र वितरणमा उल्लेख्य वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

जिल्ला प्रशासन कार्यालय बारा तथा बारामा रहेका इलाका प्रशासन कार्यालयहरूले आर्थिक वर्ष ०८०/८१ मा ४७ हजार दुई सय ८५ जनालाई नेपाली नागरिकताको नयाँ तथा प्रतिलिपि प्रमाणपत्र वितरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको प्रगति विवरणअनुसार, यस अवधिमा १९ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् भने सातजनाले जन्मसिद्ध नागरिकता लिएका छन् ।

जिल्लामा वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र वितरणमा पनि उल्लेख्य वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय बाराबाट एक हजार २५४ र इलाका प्रशासन कार्यालय सिम्रौनगढबाट १५८ जना गरी कुल एक हजार ४१२ जनाले वैवाहिक अंगीकृत नागरिकता बनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाराबाट १० हजार २०४ महिला र १० हजार ८३० पुरुष गरी कुल २१ हजार ३४ जनाले नेपाली नागरिकताको नयाँ प्रमाण प्राप्त गरेका छन् । 

यसैगरी इलाका प्रशासन कार्यालय सिमराले चार हजार ३२१ जना, सिम्रौनगढले एक हजार ६०४ तथा इलाका प्रशासन कार्यालय कोल्हवीबाट एक हजार नाै  जना गरी कुल ६ हजार ३४ जनाले नेपाली नागरिकताको नयाँ प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यालयबाट नागरिकताको प्रतिलिपि पनि उल्लेख्य संख्यामा वितरण भएको पाइएको छ । जसअनुसार जिल्ला प्रशासन कार्यालय बारा कलैयाबाट १२ हजार ५१५, इलाका प्रशासन कार्यालय सिमराबाट चार हजार ८६२, सिम्रौनगढबाट एक हजार १८ र कोल्हवी इलाकाबाट ९२८ गरी जम्मा १९ हजार ३१७ जनाले नागरिकताको प्रतिलिपि प्रमाणपत्र लिएका छन ।