१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मानव बेचबिखनको अभियोगमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:१३:oo

‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितले गत २० असारमा नेपाल फर्किएर उजुरी दिएपश्चात् मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले न्यौपानेलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो । न्यौपानेले मासिक ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाएर मौरिसस पुर्‍याएको पीडितको उजुरीमा उल्लेख छ । 

पीडितबाट दुई लाख ५० हजार लिएको, १३ मंसिर ०८० मा भारतको नयाँदिल्ली हुँदै मौरिसस पुर्‍याई मौरिसियन नागरिकको जिम्मा लगाएको, दैनिक १७–१८ घन्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिएर चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्त न्यौपानेउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगीको अभियोगमा महिला पक्राउ
वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै पाँच लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बानेश्वर बस्ने २७ वर्षीया दीपा चन्द रहेको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाउने भनी पीडितबाट पाँच लाख ३५ हजार रकम लिएपश्चात् विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको जाहेरीअनुसार पक्राउ गरिएको हो । भक्तपुरको ठिमीबाट पक्राउ परेकी चन्दलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले बताए ।