१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
Invalid date format १६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेता केसीको प्रस्ताव– सबै भ्रष्टाचार काण्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३४:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आजसम्मका भ्रष्टाचार काण्डहरूको छानबिन गर्न सर्वशक्तिसम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने बताएका छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्ना धारणा राख्दै उनले सबै चर्चित र नीतिगत भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न प्रस्ताव गरेका हुन्।

‘आजको देशव्यापी निराशा र जनआक्रोशको प्रमुख कारण भ्रष्टाचार, दण्डहीनता, कुशासन र आर्थिक अपराध हो। यसविरुद्ध सरकार र जनस्तरको आन्दोलन कांग्रेसकै नेतृत्व र समन्वयमा हुनुपर्छ। आजसम्म चर्चित र नीतिगत भ्रष्टाचार काण्डहरूको छानबिन गर्न कुनै पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सर्वशक्तसम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसले नै पहलकदमी गरोस्,’ उनले भने।

अहिले देखापरेका शासकीय खराबीलाई हटाउन नसकेपछि यिनैले सबैलाई सिध्याउने उल्लेख गर्दै केसीले जनताको पदचाप र वरपरका घटनाहरूबाट समयमै शिक्षा लिन जरुरी रहेको औँल्याए। जनताको आवाजलाई बेवास्ता गर्न नहुने धारणा राख्दै उनले भने, ‘जनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लामखुट्टे कराएको जस्तो ठान्नुहुँदैन, सुनुवाइ गर्ने संयन्त्रको विकास जरुरी छ। अन्यथा त्यसबाट उब्जिने प्रतिक्रिया घातक हुन सक्छ।’

पार्टी दुर्बल हुँदा लोकतन्त्र र व्यक्ति कोही पनि सबल हुन नसक्ने उल्लेख गर्दै नेता केसीले पार्टीलाई सभापतिले गुटभन्दा माथि उठाउनुपर्ने बताए। यसका लागि सबैले सभापतिलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।