१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format २२:५o:oo
Read Time : > 1 मिनेट
समाचार

पूर्वपरराष्ट्रमन्त्री थापाको पुस्तक आउँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:५o:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनपटक परराष्ट्रमन्त्री हुँदाको कार्यअनुभव समेटेर ‘नाकाबन्दी र भूराजनीति, कूटनीतिमा मेरो अनुभव र अनुभूति’ पुस्तक लेखेका छन् ।

पुस्तक १० भदौमा कृष्णजन्माष्टमीको दिन सार्वजनिक गर्ने उनको तयारी छ । संवद्र्धन पब्लिकेसन्सले प्रकाशन गरेको पुस्तकको कभर थापाले सोमबार सार्वजनिक गरेका छन् ।
नेपालमाथि भारतले लगाएका दुईवटा नाकाबन्दी (०७२ र ०४५)मा मन्त्रीका रूपमा आफ्नो अनुभव तथा भूमिका तथा वैदेशिक मामिला सञ्चालनसँग जोडिएको आफ्नो भूमिका पुस्तकमा समेटेको उनले बताए । 

०४५ मा नाकाबन्दी हुँदा थापा सञ्चारमन्त्री थिए । उनले त्यसवेला राजा वीरेन्द्रको निकटस्थ भएर निर्वाह गरेको भूमिकाबारे पुस्तकमा समेटेको जानकारी दिए । ‘तीनपटक परराष्ट्रमन्त्री हुँदा भारतसँग १९५० को सन्धिको विकल्पमा प्रस्ताव लैजानेदेखि पछिल्लो नाकाबन्दीका वेला भारतसँग भएका उच्चस्तरीय संवादलगायतका विषयमा पुस्तक लेख्न मलाई शुभेच्छुकहरूले आग्रह गरिरहनुभयो,’ सोमबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग थापाले भने, ‘पाँच महिना लगाएर किताब तयार गरेको छु । यो मेरो आत्मकथा होइन, तीनपटक परराष्ट्रमन्त्री हुँदाको सेरोफेरोमा लेखिएको अनुभव र संस्मरण मात्रै हो ।’ 

थापाले एमालेको समर्थनमा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको सरकारका पालामा १९५० को सन्धि पुनरावलोकनबारे भारतसँग घनीभूत छलफल भएको र परराष्ट्रमन्त्रीमा रूपमा आफूले निकै मिहिनेत गरेको सन्दर्भ पनि किताबमा समेटेको बताए । ‘भारतले सन्धिमा नेपालले के चाहेको हो स्पष्ट गर्नुपर्छ र नेपालको चाहनामा सर्वदलीय सहमति हुनुपर्छ भन्ने उसको धारणा थियो । हामीले यी दुवै काम गरेर सन्धि पुनरावलोकनको प्रस्ताव पठायौँ । काम भो । तर, यो प्रयास फेल भयो,’ थापाले भने, ‘यसको फेहरिस्त मैले किताबमा उल्लेख गरेको छु ।’

थापाले भारतीय पछिल्ला दुई नाकाबन्दीहरूको कारण अरूभन्दा भूराजनीतिक पक्ष रहेको निष्कर्ष निकालेका छन् । ‘नाकाबन्दी मुख्य रूपमा नेपालको भूराजनीति तथा सुरक्षा र सामरिक विषयमा नेपाल र भारतबीचको अवधारणागत भिन्नताका उपज थियो भन्नेमा म पुगेको छु । अरू कारण मुख्य होइनन्, सहायक मात्रै हुन्,’ थापाले भने, ‘अब भारतसँग सम्बन्ध नयाँ उचाइमा लैजान मैले भनेको कारणमा दुई देशले बसेर समीक्षा गर्नुपर्छ ।’