१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशमा सरकारविरुद्ध प्रदर्शन, प्रधानमन्त्री हसिनाले देश छाडिन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३४:oo

सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छाडेकी छिन्। उनी सैनिक हेलिकोप्टरबाट भारतको पश्चिम बंगाल प्रस्थान गरेकी छिन्।

आज दिउँसो प्रधानमन्त्री हसिना भारत प्रस्थान गरेको बंगलादेशको दैनिक पत्रिका प्रोथोमआलोका परराष्ट्र मामिला हेर्ने पत्रकार रइद एजाजले ढाकाबाट नयाँ पत्रिकालाई जानकारी दिए ।

हसिनाले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्, तर त्यसको स्वतन्त्र पुष्टि अझै भइनसकेको पत्रकार रइदले जानकारी दिए । असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९८ जनाले ज्यान गुमाएका थिए ।

सोमबार देश छाड्नुअघि हसिनाले बंगलादेशमा आन्दोलन आतंककारीहरूले गरेको र यसको उद्देश्य देशलाई अस्थिरतामा लैजान खोजिएको आरोप लगाएकी थिइन् । उनले आन्दोलन स्थगित गरेर वार्तामा आउन विद्यार्थीलाई अनुरोध गरेकी थिइन् । तर, विद्यार्थीले आन्दोलन रोकेका छैनन् । प्रतिपक्षी दलले पनि आन्दोलनलाई समर्थन जनाएको छ ।

एक महिनाअघि आन्दोलन सुरु भएदेखि हालसम्म कम्तीमा पनि तीन सयजनाको मृत्यु भइसकेको छ । हालसम्म कम्तीमा ११ हजारजना प्रदर्शनकारी विद्यार्थी र राजनीतिक कार्यकर्ता गिरफ्तारीमा परेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सोमबार बंगलादेशकी प्रधानमन्त्री हसिनाको निवासमा हजारौं प्रदर्शनकारी जम्मा भएर उनको राजीनामा माग्दै घेराउ गरेका थिए । सोमबार कम्तीमा पनि चार लाख प्रदर्शनकारीले ढाकामा विरोध प्रदर्शन जारी राखेका छन् ।