१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस भोजपुर
Invalid date format १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती

Read Time : < 1 मिनेट
रासस, भोजपुर
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटेका छन्। वषौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित छन्।

ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीक रूपमा खेती गरेको छ। झन्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ। ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताए। यस वर्ष रु. आठ लाखदेखि रु. १० लाखसम्म आम्दानी हुने उनको अनुमान छ।

यस्तै, टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रुट र कागती खेती गर्दै आएका छन्। बाँझो जमिनमा चार वर्षअघि ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरी कृषि कर्म सुरु गरेको उनले बताए। नेपालले हाल वार्षिक रु. सात लाखसम्म आम्दानी गर्दै  आएका छन्।

सिँचाइ अभाव, बसाइँसराइलगायत कारण बाँझिएका जमिनमा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेलले बताए। जिल्लाको पूर्वीपौवादुंमा गाउँपालिकाको छोकिमालामा विगत पाँच वर्षदेखि बाँझिएको ३० रोपनी जग्गामा तीन वर्षअघि कृषक भुजेलले टिमुर, एभोकाडोलगायतको खेती गर्दै आएका छन्।

गाउँघरमा रहेका बाँझो जग्गाको सही सदुपयोग गर्न सकिएमा यसले वैदेशिक रोजगारीमा जाने युवाको ध्यानसमेत तान्ने स्थानीय इन्द्र थापाले बताए। अर्का कृषक हरि गौतमले पछिल्लो समयमा देखिएको कृषकमा फलफूल मोहले बाँझिएको जग्गाको सदुपयोग मात्र नभएर आम्दानीसमेत भइरहेको बताए। यस्ता कृषकलाई स्थानीय, प्रदेश र संघीय सरकारले प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ।