Skip This
भलिबलमा भारतमाथि ऐतिहासिक जित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
भारतमाथि ऐतिहासिक जित हासिल गरेपछि खुसी साट्दै नेपाली राष्ट्रिय भलिबल खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका ।
रमेश सुवेदी काठमाडौं
Invalid date format १७:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भलिबलमा भारतमाथि ऐतिहासिक जित

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२६:oo

भारतमाथि ऐतिहासिक जित हासिल गर्दै नेपालले काभा वुमन्स नेशनल लिग भलिवल २०२४ मा शानदार लय देखाएकाे छ।

दक्षिण एसियाली जायन्ट भारतमाथि नेपालले ३–२ सेटकाे जित हासिल गरेको हो। 

राष्ट्रिय भलिबलका कुनै पनि प्रतियोगितामा नेपालले भारतमाथि हासिल गरेको यो पहिलो जित हो।

अधिकांश युवा खलाडी सहभागी नेपालले डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध  पहिलो, तेस्रो र पाँचौँ सेट आफ्नो नाममा लेखाएको हो। 

पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो सेट भने १२–२५ ले गुमाएको थियो। तर, तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले खेल २५–१७ ले आफ्नो पक्षमा पार्यो।

चौथो सेटमा पुनः भारत हावी भयो। यो सेटमा सुरुदेखि नै अग्रता लिएको भारतले समग्रमा १८–२५ ले खेल जित्यो। त्यसपछि अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित दर्ता गरायो। 

काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन्। शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् ।

जितपछि नेपालले दुई खेलबाट पाँच अंक जोडेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सेटमा हराएको थियो । अब, नेपालले तेस्रो खेल आइतबार इरानसँग खेल्नेछ। पहिलो हार बेहोरेको भारतको तीन खेलबाट सात अंक छ। यसअघि भारतले इरानलाई ३–१ र माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो।