१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १८ आइतबार o८:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतले कच्चा खानेतेलको आयात महसुल घटायो, नेपालको निर्यात खुम्चिने चिन्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार o८:५२:oo

भारतले शुक्रबारदेखि लागू हुने गरी कच्चा खानेतेलको आयातमा महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । यो नयाँ व्यवस्थाले पछिल्लो समय नेपालको निर्यात व्यापार बढाउन उल्लेख्य योगदान पुर्‍याउँदै आएको खानेतेलको व्यापारमा धक्का पुग्ने आकलन गरिएको छ ।

भारतले आफ्ना उद्योगीलाई प्रोत्साहन गर्न महसुलमा छुट दिँदा त्यहाँको आन्तरिक उत्पादन प्रवर्द्धन हुने र नेपालजस्ता देशसँगको निर्भरता कम हुने सम्भावना रहेकाले नेपालको निर्यात बजार प्रभावित हुने देखिन्छ । भारत–नेपाल व्यापार सन्धिअनुसार नेपालबाट निर्यात हुने प्रशोधित तेलमाथि भन्सार महसुल लाग्दैन । तर, भारतमा कच्चा तेलको आयात सस्तो भएपछि भारतीय उद्योगहरूले कच्चा तेलमै प्राथमिकता दिने भएकाले नेपालको प्रशोधित तेलको माग घट्न सक्छ । यसले नेपालको तेल निर्यात घटाउन सक्छ ।

खानेतेलमा भारत संसारका प्रमुख आयातकर्ता देशहरूमध्येको एक हो । यसले आफ्नो कुल मागको ६० प्रतिशत आयातबाट पूर्ति गर्दै आइरहेको छ । 

नेपालमा भटमास र सूर्यमुखी तेलको उच्च मात्रामा भएको निर्यातले वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाउँदै लगेको भन्सार विभागको तथ्यांक छ । १० महिनामा ७८ अर्ब ७५ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । त्यस्तै, १० अर्ब नौ करोडको सूर्यमुखी तेल निर्यात भएको छ । कुल वस्तु निर्यातमा भटमास र सूर्यमुखी तेल निर्यातको हिस्सा ४०.७७ प्रतिशत पुगेको छ । 

प्रमुख निर्यात वस्तु भए पनि पाम, भटमास र सूर्यमुखीको नेपालमा व्यावसायिक खेती भने छैन । नेपालले अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट कच्चा खानेतेल आयात गरेर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएको छ । नेपालले वैशाखसम्ममा ८१ अर्ब ८९ करोडको भटमासको कच्चा तेल आयात भएको छ । त्यस्तै, २४ अर्ब ६४ करोडको सूर्यमुखीको कच्चा तेल आयात भएको छ ।