१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० किलो चरेससहित हेटौँडाबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

मकवानपुर प्रहरीले १० किलो २५० ग्राम अवैध लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका– १ का २६ वर्षीय हरि गौरव र नवलपरासीको पण्डितपुर बनगरिया गाउँपालिका– १ का ४३ वर्षीका अनिल भर चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ चुरियामाईनजिकै पिपलचौताराबाट पक्राउ गरिएको हो। हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ख ५८३९ नम्बरको बसलाई रोकी जाँच गर्दा बसमा रहेका उनीहरूको साथबाट चरेस फेला परेको हो।

उनीहरूलाई शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा उनीहरूले बोकेको झोलाभित्र कार्टुन टेपले बेरेर लुकाएर ल्याएको अवस्थाको १० किलो २५० ग्राम चरेस फेला परेको प्रहरी प्रमुख रिजालले बताए।

चरेससहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।