१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १४ सोमबार
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण १४ सोमबार ११:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजे बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १४ सोमबार ११:५६:oo

संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सरेको छ । आज बिहान ११:३० बजे तय भएको बैठक विशेष कारणवश सरेको संघीय संसद् सचिवालयले जनाएको छ । 

समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको थियो। बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका  थिए । 

संवैधानिक परिषद्ले गत असार २ गते उनकाे नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाएको थियो । आजको बैठकले प्रधानको नियुक्ति सिफारिससम्बन्धी निर्णय गर्नेछ ।