१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिमलताल दुर्घटना : आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

खोजी कार्य रोक्ने वा टुंगाउने साँझ टुंगो लाग्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१८:oo

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १६औँ दिन पुगेको छ भने भारतीय टोली खोजी कार्यमा आएको आज एक हप्ता पुग्दै छ। हालसम्म २४ जना यात्रुको शव फेला परेको छ। ती मध्ये १९ जनाको मात्रै सनाखत भएको छ।

नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास गरे पनि अहिलेसम्म फेला पार्न सकेका छैनन्।

बस खोज्नका लागि भारतीय टोलीले ४० किलोको चुम्बक मगाएको छ। उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहान साढे ९ बजेदेखि बेपत्ता बसको खोजी गर्ने तयारी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

उनका अनुसार भारतीय टोलीको आजको खोजी कार्यसँगै थप दिन नेपालनै रहेर खोज्छन् वा फिर्ता जान्छ भन्ने कुरा साँझसम्म टुंगो लाग्नेछ। भारतीय टोली एक हप्ता खोजी कार्यमा रहने गरेर नेपाल सरकारको अनुरोधमा चितवन आएका थिए। यादवका अनुसार खोजी कार्यलाई थप निरन्तरता दिने कि रोक्ने भन्ने कुरा पनि साँझसम्म टुंगो लाग्नेछ। 

सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा २८ असारमा खसेको बसमा ६५ यात्रु सवार रहेको र त्यसमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका थिए।