१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण ८ मंगलबार १५:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२८ जेठदेखि हालसम्म एक हजार पाँच सय ९२ विपतका घटना : गृहमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार १५:o७:oo

गृहमन्त्री रमेश लेखकले २८ जेठदेखि हालसम्म एक हजार ५९२  विपतका घटना भएको उल्लेख गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले  त्यसक्रममा १३० जनाको मृत्यु  भएको  र १४४ जना घाइते भएको बताए । त्यस्तै, ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपायाको नोक्सानी  भएको उल्लेख गरे ।

उनले यस वर्षको बाढीपहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै ४३ वटा पुल र दुई सरकारी भवन भत्किएको बताए। चार हजार चार सय परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये एक हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

प्राकृतिक विपतबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र  विपतपछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट सात हजार १६९ र सशस्त्र प्रहरीका तीन हजार ९५६ जना खटिएको बताए।  ती सुरक्षाकर्मीले नौ सय ८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेनासमेत खटिएको उनको जवाफमा उल्लेख छ । प्रभावितहरूलाई आवश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको उनको भनाइ छ । 

४८ जना बेपत्ता भएकाहरूको पत्ता नलागेका परिवारलाई मृतकसरह नै राहत उपलब्ध गराउने निर्णय भएको पनि उनले बताए।  घाइते १४४ जनामध्ये पाँच उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेका छन् । घाइतेको उपचारमा तीनै तहका सरकार खटेको उनले बताए ।

उनका अनुसार नौ जना घाइतेको हेलिकाेप्टरबाट उद्धार गरिएको छ । असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । १९ जनाको पहिचान भई आफन्तले शव बुझिलगेका छन् भने पाँचजनाको पहिचान हुन सकेको छैन । बाँकी ४३ जनाको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले खोजीकार्य गरिरहेको छ । खोजीकार्यका लागि ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको उनले बताए ।