मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Wednesday, 12 February, 2025
२o८१ श्रावण ८ मंगलबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुधबार लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीकाे शपथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार १४:१५:oo

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथग्रहण बुधबार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलवासेका अनुसार बुधबार बिहान साढे ८ बजेका लागि शपथग्रहणको कार्यक्रम तय भएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम हुने भएको हो ।  

कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं.१(१)बाट निर्वाचित आचार्यलाई नियुक्त गरेका हुन् । संसदमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।