१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
रासस झापा
Invalid date format १२:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
Invalid date format १२:३१:oo

पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष ०८०/८१ मा रु. १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्यबराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ। उक्त अवधिमा  रु. १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजारबराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ।

आर्थिक वर्ष ०८०/८१ मा  काँकडभिट्टाबाट रु. ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ।  सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ।

आर्थिक वर्ष ०८०/८१ मा यही नाका भएर रु. ६ अर्ब ५२ करोड १७ लाख मूल्यबराबरको चार हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको छ। सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा रु. एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्यबराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो। आव ०८०/८१ मा काँकडभिट्टाबाट रु. ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए।