१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १५:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनुसन्धानमा तानिएकाहरूले बालकोटमा गीत गाएको देखियो : सभापति लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकार गठनको सुरुवातमा देखिएका संकेतहरूले आफूलाई झस्काएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा लामिछानेले प्रधानमन्त्री केपी आलीलाई विश्वासको मत दिन आपत्ति नभए पनि सुरुवाती संकेतहरूले नै आफूलाई झस्काएको बताए।

अनुसन्धान भइरहेका र हाजिरी जमानतमा छुटेकाहरू बालकोटमा देखिएका भन्दै लामिछानेले अघिल्लो सरकारले छानबिन गरेकाहरूलाई नवगठित सरकारले पुरस्कृत गरेको आरोप लगाए।

‘विश्वासको मत दिन पनि सकिन्थ्यो होला । तर, जुन संकेत सुरुवातमा देखियो, त्यसले हामीलाई झस्काएको छ। उहाँको राजनीतिक योगदान, उहाँको राजनीतिक त्याग, उहाँको राजनीतिक बलिदानप्रति हामीले कहीँ कतै कन्जुस्याइँ नगरी सम्मान गरेका छौँ, सम्मान छ।  तर, सरकार सुरु हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नुभएको मान्छे, बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो। बाँसबारी छालाजुत्ताको विषयको अनुसन्धान चलिरहँदा गीतको आवाज आयो बालकोटबाट, त्यसपछि हामीलाई शंका लाग्यो,’ उनले भने, ‘मन्त्रिपरिषद् बन्यो । जहाँजहाँ हामीले विषय उठायौँ, त्यहाँत्यहाँ पुरस्कार देखियो ।’