१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format o९:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिराेले फक्ताङलुङको केन्द्र तापेथोक बजार नै उच्च जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४८:oo

फक्ताङलुङ गाउँपालिका रहेको केन्द्र तापेथोक बजार पहिरोका कारण जोखिममा परेको छ। प्रशासकीय केन्द्रसमेत रहेको तापेथोक बजार बिहीबार राति वर्षासँगै सल्लेरी डाँडाबाट आएको पहिरोले पुरेपछि बजार क्षेत्र नै उच्च जोखिममा परेको हो । तापेथोक बजारका ५० घर जोखिममा परेका छन् ।

मानवीय क्षति पहिरोले नगरे पनि बजारको मुनिबाट तमोर नदी बगेको छ भने माथिबाट पहिरो गएकाले बजार नै जोखिममा रहेको बताइएको छ। गाउँपालिकाको कार्यालयमा समेत क्षति पुगेको छ। गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले गाउँपालिका कार्यालय, पालिकाको सभाहललगायतमा क्षति गरेको बताए । यस्तै, गाउँपालिकाको सवारीसाधनलगायतका सामग्रीमा समेत पहिरोले केही क्षति पुर्‍याएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

तीन सय मिटर माथिबाट खसेको पहिरोले तापेथोक बजारका आधा दर्जनभन्दा बढी स्थानीयको घर तथा संरचनामा क्षति गरेको छ। पशु चौपाया तथा पन्छीहरू राखिएका गोठ, ग्वाली, खोरजस्ता संरचनामा पहिरोले क्षति पुर्‍याएको फक्ताङलुङ गाउँपालिका– ५ तापेथोकका वडाध्यक्ष देउप्रसाद लिम्बूले बताए। पहिरोले पुरेर केही बाख्रा, सुँगुर, कुखुरालगायत मरेको वडाध्यक्ष लिम्बूले जानकारी दिए । पहिरोले पुर्‍याएको क्षतिको विवरण आउनलाई समय लाग्ने अध्यक्ष लिम्बूले जानकारी दिए । 

यता पहिरोले पुरेर धराप बनाएको संरचना र सामग्रीलाई सुरक्षित गर्न गाउँपालिकाको एक्स्काभेटर प्रयोग गरी शुक्रबार बिहानैदेखि पहिरो पन्छाउन सुरु गरेको छ। थप जोखिम तथा क्षति हुन नदिने प्रयासस्वरूप गाउँपालिकाको एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउन थालेको पालिका अध्यक्ष लिम्बूले बताए । 

उता, बिहीबार राति नै गएको पहिरोले सोही गाउँपालिका– ६ लेलेपको साँगुमा पुरिएर स्थानीयले पालेका केही पशु चौपाया मरेका महेन्द्र आविका शिक्षक विवश केदेमले जानकारी दिए। कति पशु चौपाया मरे र अन्य क्षतिको विवरण आउनलाई बाँकी रहेको उनले बताए ।