१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
पहिरोबाट गम्भीर घाइते भएकी रविना कुलुङलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिँदै। तस्बिर: नवीन गुरूङ/नयाँ पत्रिका)
नवीन गुरुङ संखुवासभा
Invalid date format १५:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोमा पुरिएर सासू-बुहारीको ज्यान गयो

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १५:१९:oo

पहिरोमा पुरिएर संखुवासभामा एकै परिवारका दुईजनाको ज्यान गएको छ। मृत्यु हुने सासू–बुहारी हुन्।
सिलिचोङ गाउँपालिका– १ सिसुवाखोलाका ५५ वर्षीया मोतीमाया कुलुङ र २५ वर्षीया समीक्षा कुलुङको ज्यान गएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए।

गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले दिएको जानकारीअनुसार पहिरोसँगै खसेको ठूलो ढुंगाले किचेर सासू, बुहारीको ज्यान गएको हो।

ढुंगाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन्। घटनास्थल सदरमुकाम खाँदबारीदेखि एक दिन टाढा पर्छ।

अविरल वर्षाका कारण गोठमाथिबाट पहिरोसँगै आएको ढुंगाले किचेर घटना भएको हो। यो वर्षको मनसुन सुरु भएपछि हालसम्म संखुवासभामा चारजनाको बाढीपहिरो र चट्याङ लागेर मृत्यु भइसकेको छ।

छोरी रविना कुलुङलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं बलम्बूस्थित सशस्त्र प्रहरीको अस्पताल लगिएको छ। घटनामा घर भत्किएपछि भागेर अन्य तीन जनाले ज्यान जोगाएका छन्।

सिलिचोङ गाउँपालिका वाड नं. १ का वडाध्यक्ष गणेश कुलुङको अनुसार, उनीहरू बर्खामा काम गर्न बनाइएको गोठमा ६ जनाको परिवार बस्दै आएका थिए।