१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
रासस काठमाडौं
Invalid date format १८:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३८:oo

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।

आज सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उनले कृषि दशक सफल बनाउन आवश्यक लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन्।

त्यस अवसरमा मन्त्री अधिकारीले कृषि क्षेत्रको विकास भए मात्र  मुलुकको विकासमा ठूलो सहयोग पुग्ने उल्लेख गर्दै सोहीअनुसार क्रियाशील हुन कर्मचारीलाई निर्देशन दिए। गाउँ मात्र नभई खेतीयोग्य तराईका फाँटसमेत बाँझो भएकाले त्यहाँ उत्पादन गराउन मन्त्रालय लागिपर्ने उनको भनाइ छ।

‘सांसद हुनुअघिसम्म आफूले खाने अन्न आफैँ उत्पादन गर्थेँ, गोलभेँडा, धान, मकै, कोदो उत्पादन गर्ने तरिका मलाई पनि थाहा छ। अब हरेक नेपालीलाई आफ्नो खेतीयोग्य जमिनको उपयोग गर्न अभिप्रेरित गर्नुपर्नेछ। यसकार्यमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने खाँचो छ। हामी सबै मिलेर यसमा काम गर्नुपर्छ’, मन्त्री अधिकारीले भने।

प्रजातान्त्रिक आन्दोलनमा लाग्दा पटकपटक जेल परेका अधिकारी नेपाली कांग्रेस धादिङको सभापतिसमेत हुन्। उनी २०७९ सालको संसदीय निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्।