१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार (नामावलीसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:o१:oo

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको परामर्श र पार्टीभित्र आन्तरिक गृहकार्यपछि उनले पहिलो चरणमै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल र डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका थिए । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् । जननिर्वाचित संसद् विघटन प्रकरणमा सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्रीबाट बहिगर्मन गरिदिएको तीन वर्षपछि उनी पुनः प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् । 

यी हुन् नवनियुक्त मन्त्रीहरू :

१‍. केपी शर्मा ओली : प्रधानमन्त्री
२. प्रकाशमान सिंह : उपप्रधान तथा सहरी विकासमन्त्री
३. विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री
४. पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक : गृहमन्त्री
६. शरतसिंह भण्डारी : श्रम तथा रोजगार
७. आरजु राणा देउवा : परराष्ट्रमन्त्री
८. नवलकिशोर साह सुडी : महिला बालबालिका
९. बलराम अधिकारी : भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी : उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी : युवा तथा खेलकुदमन्त्री
१३. प्रदीप यादव : खानेपानीमन्त्री
१४. प्रदीप पौडेल : स्वास्थ्यमन्त्री
१५. अजय चौरसिया : कानुन न्याय तथा संसदीय मामिला
१६. बद्रीप्रसाद पाण्डे : पर्यटनमन्त्री
१७. रामनाथ अधिकारी : कृषिमन्त्री
१८. विद्या भट्टराई : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री
१९. मानवीर राई : रक्षामन्त्री
२०. दीपक खड्का : जलस्रोत तथा ऊर्जामन्त्री
२१. राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
२२. ऐनबहादुर शाही ठकुरी : वन तथा वातावरणमन्त्री