१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३५:oo

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका– २९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएकाे छ। हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन्। 

२५ वर्षीया सृष्टि जगदीशप्रसाद यादव र सुमित्रादेवी यादवको पहिलो सन्तान हुन्। उनी यस परिवारकी जेठी छोरी हुन्। जगदीश र सुमित्राको सृष्टिसहित २२ वर्षीया अर्चना र १८ वर्षीय अनुराग गरी तीन सन्तान हुन्। अर्चना जनकपुरमा बसेर लोकसेवाको तयारी गर्दै छिन् भने अनुराग काठमाडाैंमा बसेर पढ्दै छन्। भाइ र बहिनीको पढाइको सबै खर्च सृष्टि र उनका बुवा जगदीशको कमाइले धानेको थियो।

सृष्टिका बुवा जगदीश बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको न्यू फोड्ली एग्रो बिजनेस प्रालिमा बजार व्यवस्थापकको रूपमा कार्यरत छन्। तीन वर्षअगाडि एसइई परीक्षा दिएकी सृष्टिले रेडियोग्राफीको दुई वर्षको तालिमपछि उनी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा २०७९ साल चैतबाट करारमा कार्यरत थिइन्।

सृष्टिको जापान जाने सपना त्रिशूलीले बगायाे

करिब डेढ वर्ष पर्साको सखुवा प्रसौनीमा कार्यरत उनी आफूले सिकेको सिप र ज्ञानले नेपालभन्दा जापानमा राम्रो कमाइ हुने र परिवारको जीवन सुधार गर्न सहयोग हुने विश्वासका साथ सृष्टिले जापान जाने योजना बनाइन्।

सृष्टिले परिवारसँग सरसल्लाह गरेर नै जापानको सैनिक अस्पतालमा आवेदन दिएकी थिइन्। त्यहीँ सैनिक अस्पतालमा जान परीक्षा दिनका लागि उनी वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३००६ ख १५१६ नम्बरकाे बसमा सवार थिइन्। तर, उनको बस गन्तव्यमा पुग्नै पाएन। जापान पुग्ने उनको सपनासँगै उनलाई भरतपुर महानगरपालिका–२९ को सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूलीमा बेपत्ता पार्‍यो।

जापान जानका लागि शनिबार काठमाडाैंमा परीक्षा भएकाले उनी शुक्रबार राति वीरगन्जबाट काठमाडौंतर्फ लागिन्। रातको १० बजेर १० मिनेटमा सृष्टिले आफ्नो बुवा जगदीशलाई बसबाटै फोन गरेर आफू जापान जानका निम्ति परीक्षा दिन काठमाडाैं जाँदै गरेको सुनाइन्। उनका बुवाले बाटो खराब भएकाले हवाईजहाजबाट गएको भए हुने बताएका थिए। 

छोरी दुर्घटनामा परेको खबरले परिवार मर्माहत

काठमाडौं जान भनेर हिँडेकी छोरी दुर्घटनामा परेको खबरले यादव परिवार मर्माहत भएको छ। ‘मेरो विवाह २०४१ सालमा भएकाे हाे। पहिलो सन्तान जन्माउन हामीलाई करिब १० वर्ष लाग्यो।मेरो परिवारमा खुसी दिने छोरीको दुर्घटनाको खबरले निकै दु:खी र मर्माहत भएकाे छु,’ जगदीशले भने, 'छोरीले काठमाडौं जानुभन्दा अगाडि खबर गरेको भए मैले बसबाट जान दिने थिइनँ। तर, उनले मलाई बसबाट राति खबर गरिन्, घर फर्क भन्न सकिनँ। आज यस्तो खबर आयो।'

जेठी छोरीलाई जापान पठाएर परिवारको खुसी र प्रगतिको सपना बुनेका यादव परिवारको खुसी नै त्रिशूली नदीले बगाएकाे छ। जगदीशको परिवार छोरीको अवस्था बुझ्न शुक्रबार बिहानै घटनास्थलतर्फ गएकाे छ।