१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format o९:५६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जंगली च्याउ खाँदा सातजना बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५६:oo

सहिदभूमि गाउँपालिकामा जंगली च्याउ खाँदा सातजना बिरामी भएका छन् ।

जंगलबाट टिपेर ल्याएको विषालु च्याउ पकाएर खाँदा सहिदभूमि गाउँपालिका– ७ गैरीटोलका ६३ वर्षीया इन्द्रकमला राई, ५५ वर्षीया दिलमाया राई, ३६ वर्षीया टेकमाया राई, ३९ वर्षीया मदनकुमारी राई, ४१ वर्षीय थमनसिंह राई, १८ वर्षीय हेमन राई र १९ वर्षीया यमुना राई बिरामी परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले बताए ।

च्याउ खाएर बिरामी परेका सातैजना एकै परिवारका हुन् । उनीहरूलाई रिँगटा लाग्ने, वाकवाकी लाग्नेलगायत लक्षण देखिएको छ । सबैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।