१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १४:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाले सिराहामा कतै कटान, कतै डुबान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३१:oo

पछिल्लो करिब एक हप्तादेखि परेको अविरल वर्षापछि खोलानालामा आएको बाढीले कतै कटान र कतै डुबान भएका छन्। पूर्व–पश्चिम सडकअन्तर्गत जिल्लाको मध्यभागमा पर्ने गोलबजार नगरपालिकाको सडकआसपास क्षेत्र डुबानमा परेको छ । चिनियाँ कम्पनीले स्तरोन्नति गरिरहेको पूर्व–पश्चिम सडकको गोलबजारखण्डमा पुरानो सडक छोडेर दायाँबायाँ खाल्डो बनाइएकाले पानी निकास नहुँदा डुबानमा परेको स्थानीय बताउँछन् ।

गोलबजार– २ को गुरुधाम चोकदेखि एबी मलसम्मको खण्डमा सडकको दायाँबायाँ करिब तीन–चार फिटसम्म पानी जमेकाले जनताले सास्ती भोग्दै आएको भए पनि जनप्रतिनिधिहरूले चासो नदिएको स्थानीयको गुनासो छ । 

त्यस्तै, अविरल वर्षाको कारणले सिराहाको पुरानोमध्येको मानिने गोलबजार नगरपालिका– ११ स्थित बल्कवा बजार डुबानमा परेको छ । वडा कार्यालय जाने मुख्य बाटो, बजार क्षेत्रको बाटो र बस्तीमा वर्षातकाे पानी जमेर डुबान भएको वडाध्यक्ष सोहेव अन्वरले जानकारी दिए । ‘वडा क्षेत्रलाई दिने न्यून बजेटले आवश्यकताअनुसार काम गर्न नसक्दा जनताले सास्ती भोग्नुपरेको छ,’ उनले भने 

लहान सुन्दरपुरमा कटान, स्थानीयलाई सार्ने तयारी
लहान नगरपालिका– ३ सुन्दरपुर बस्तीनजिकको बाँध बलान खोलामा आएको बाढीले कटान गर्न थालेपछि स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको छ । लहान नगरपालिका विपत् व्यवस्थापन समितिका सदस्यसचिव भगवती चौधरीका अनुसार बुधबार मध्याह्न स्थालगत निरीक्षण गर्दा कटानले बाढी बस्तीमा पस्न सक्ने जोखिम देखिएपछि सुरक्षा निकायसँग समन्वय गरी करिब ४० घरका स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको हो । 

खुट्टी, चहका खोला मिसिने बलान नदीमा आएको बाढीले लहान नगरपालिकाअन्तर्गत ३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका ३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेवोना तथा भगवानपुर गाउँपालिकाको १, ३ र ४ नम्बर वडाअन्तर्गत भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।