१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

मानिसको समग्र व्यक्तित्वमा निखार ल्याउन कपालको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले स्ट्रेट होस् वा कर्ली हेयर, तपाईंले पूरै स्याहार गर्न जरुरी छ । विशेषतः कर्ली कपाललाई अतिरिक्त स्याहार गर्न आवश्यक पर्छ । किनकि, कर्ली कपाल ज्यादा जेलिएको हुन्छ र अधिक सुक्खा पनि देखिन्छ । त्यहीकारण पटक–पटक कोर्नुपर्ने हैरानी पनि हुन्छ । कर्ली कपाललाई मेन्टेन गर्ने केही खास तरिका यस्ता छन् :

- कर्ली कपाललाई सफा र सुन्दर राख्न नियमित रूपमा धुनु जरुरी छ । कपाल जति फोहोर हुन्छ, उति नै जेलिन्छ । त्यसैले दैनिक धुनुपर्छ । 

- कर्ली कपाल ज्यादा सुक्खा हुन्छ । त्यसैले दैनिक रूपमा तेलले मसाज गर्न जरुरी छ । 

- नुहाइसकेपछि नरम अवस्थामै काइँयो लगाउँदा कर्ली कपाल कम जेलिन्छ र कम झर्छ । 

- कर्ली कपाललाई कोल्ड ब्लो ड्राई गर्ने, डिफ्युजर गरेर सुकाउने गर्दा सुन्दर र मुलायम हुन्छ । यसले कपाललाई हेल्दी पनि देखाउँछ ।