१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यूनतम पारिश्रमिक माग्दै घोराही सिमेन्ट उद्योगका श्रमिक आन्दोलित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

घोराही सिमेन्ट उद्योगमा कार्यरत स्थानीय श्रमिकहरू आन्दोलित भएका छन्। मुख्य रोजगारदाता कम्पनी घोराही सिमेन्ट उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोमा सरकारले ताकेको न्यूनतम पारिश्रमिकमा ठगी भएको भन्दै शनिबार उद्योग अगाडि प्रदर्शन गरेका हुन्।

सयौँको संख्यामा उपस्थित स्थानीयले सरकारले ६ सय ६८ रुपैयाँ न्युनतम पारिश्रमिक तोके पनि उद्योगले बीचमा श्रमिक सप्लायर्स कम्पनी बिचौलिया खडा गरी वर्षाैँदेखि प्रतिव्यक्ति प्रतिदिन दुई सय रुपैयाँसम्म ठगी गरेको दाबी गरेका छन्। श्रमिक सप्लायर्स कम्पनीले बैंक खातामा तलब नदिई हाल प्रतिदिन पाँच सयको दरले मात्र दिने गरेको, तर मुख्य रोजगारदाता कम्पनी घोराही सिमेन्ट उद्योगबाट सप्लायर्स कम्पनीले १० प्रतिशत कमिसनसहित पैसा बुझ्ने गरेको र आफूहरूलाई न्यूनतम पारिश्रमिकसमेत नदिने गरेको बिलसहित श्रम मन्त्रालयमा दुई महिनादेखि उजुरी दिँदासमेत हालसम्म कारबाही नगरेको श्रमिकले गुनासो गरे।

आन्दोलनमा ऐक्यबद्धता जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास योजना तथा नीति तर्जुमा केन्द्रीय विभागका सचिव विशाल अधिकारीले विगत १० वर्षमा स्थानीय श्रमिकको पसिनामा २५ करोड बढी ठगी गरेको तथ्याकं प्राप्त भएको भन्दै श्रम मन्त्रालयले र विभागले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै सरकारको ध्यानाकर्षण गराए। ‘श्रमिकको पसिनामा १० वर्षमा २५ करोड बढी ठगी भएको तथ्याकं देखियो,’ उनले भने, ‘दुई महिनासम्म पनि एक्सन लिन नसक्ने मन्त्रालयको काम छैन, श्रमिकको पक्षमा काम गर्न नसक्ने हो भने कुर्सीमा बस्नुको औचित्य पनि हुँदैन, मन्त्रीले राजीनामा दिँदा हुन्छ।’

घोराही सिमेन्ट उद्योगपीडित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष मधुसुधन घिमिरेले वडा कार्यालयमा बोलाएर छलफल गराउँदासमेत श्रमिक सप्लायर्स कम्पनीले न्यूनतम पारिश्रमिक दिन तयार नभएको जानकारी दिए। वडाध्यक्ष घिमिरेले यस्तै रबैया रहे उद्योग सधैँको लागि बन्द गराउने चेतावनी पनि दिएका छन्।

उद्योगभित्र ज्यान जोखिममा राखेर सेफ्टी इकुप्मेन्टविनै काम गर्दासमेत श्रम ऐनले सुनिश्चित गरेको स्वास्थ बिमा, सामाजिक सुरक्षा कोष, चाडपर्व भत्ता कुनै पनि नपाएको आन्दोलनरत श्रमिकहरूको भनाइ छ। कार्यक्रममा सहभागी स्थानीयले उद्योगले वातावरण प्रदूषणका मापदण्ड पूरा नगरेकाले वायु प्रदूषणले स्थानीयवासीको स्वास्थ्यमा उच्च जोखिम पुर्‍याएकोमा समेत चिन्ता व्यक्त गरे। 

प्रदर्शनमा खान नपुग्ने तलब चाहिन्न, श्रमिक ठग्न पाइन्न, ठगी धन्दा अति भो, सरकार कहाँ छ? १२ घन्टा काम, ८ घन्टाको दाम ? नगद पैसामा होइन, बैंक खातामा तलब दे, सामाजिक सुरक्षा कोष, कुन चराको नाम हो ? श्रमिकको हालसम्म ठगेको, न्यूनतम पारिश्रमिक फिर्ता गर, बस्ती बीचमा उद्योग भएन, सरकारको ध्यान किन गए? नेताको संरक्षण अति भो, घोराहीको वातावरण क्षति भो, जस्ता नाराहरू लेखेका प्लेकार्ड बोकी प्रदर्शन गरेका छन्।