मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ११ मंगलबार o८:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सर्टलिस्टबाटै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन्छ : अर्थमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o८:१९:oo

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सर्टलिस्टमा परेका पाँचजनामध्येबाटै नियुक्त गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले बोर्ड अध्यक्ष छनोट प्रक्रियामा देखिएको अन्योलताबारे गरेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘प्रस्तुतकीरणमा सहभागी सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठमध्ये एकलाई, त्यसमा बाँकी तीनबाट एकजना थप गरेर वा सर्टलिस्टमा परेका पाँचैजनालाई सिफारिस गर्ने भन्ने विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरिएको उल्लेख गरेका छौँ, राय आएपछि त्यहीअनुसार अघि बढ्छ ।’  

उनले दाबेदारमध्येबाट व्यावसायिक र दक्ष व्यक्तिलाई छिट्टै अध्यक्ष नियुक्त गर्ने उनको भनाइ छ । धितोपत्र ऐनमा पाँचमध्ये सिफारिस समितिले तीनजनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने व्यवस्था भएको भन्दै महान्यायाधिवक्ताबाट आउने रायका आधारमा अघि बढ्ने उनले बताए । बोर्ड अध्यक्ष नियुक्तिबारे सञ्चारमाध्यममा आफू र प्रधानमन्त्रीसहित शीर्ष नेताको नाम जोडेर गरिएको प्रचारबाजी सत्य नभएको उनले बताए । ‘कुनै नेता विशेषले दबाब दिएका कुरा आएका छन् । यो सत्य होइन । व्यावसायिक रूपले दक्ष मान्छे नियुक्त हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘जति पनि आरोप र लाञ्छना छन्, कति ठाउँमा शीर्ष नेतालाई जोडेर, कति ठाउँमा मलाई र प्रधानमन्त्रीलाई जोडेर, यो कुरामा सत्यता छैन ।’

तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतकै समयमा सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थसचिव पदेन र एकजना विज्ञसहित तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले अध्यक्ष छनोटका लागि आवेदनमा मागेकामा १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ, चिरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ र कृष्णबहादुर कार्कीको नाम संक्षिप्तमा परेको थियो ।